नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

१२ मंसिर २०७९, सोमबार १५:४२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ९० पैसाका आधारमा नेप्से बोनस शेयर वितरणपछिको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*