स्प्रेडरेटको नयाँ व्यवस्थाले १४ वाणिज्य बैंक दबाबमा, कुन बैंकको स्प्रेडरेट कति ? (तथ्यांक सहित)

१२ मंसिर २०७९, सोमबार १८:४३

काठमाडौं । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरुमा दबाब परेको छ ।राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको स्प्रेड रेटका कारण बैंक वित्तीय संस्थाको आम्दानीम यस्को प्रत्यक्ष प्रभाव देखिने भएको छ।

राष्ट्र बैंकले यसअघि वाणिज्य बैंकहरुका लागि आधारदरमा ४.४ प्रतिशतसम्म थप प्रिमियम लिन मिल्ने व्यवस्था गरेको थियो । सोही अनुसार विभिन्न १४ बैंकहरुले ४ प्रतिशत माथि स्प्रेडदर कायम गरेर प्रिमियम लिँदै आएका थिए ।

राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ । यसले हालसम्म ४ प्रतिशतभन्दा माथि स्प्रेडदर कायम गरेका वाणिज्य बैंकहरुलाई दबाव सिर्जना भएको हो ।
चालू आर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी स्प्रेडदर भएका बैंकमध्ये एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । चालू आवको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको औषत स्प्रेडदर ४.३९ प्रतिशत छ ।

एनआईसी एशिया बैंकले पहिलो त्रैमासमा ३ अर्ब ४१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै चालु आवको पहिलो त्रैमासमा सिभिल बैंकको औषत स्प्रेडदर ४.३२, प्राईम कमर्सियल बैंकको ४.३१, राष्ट्रिय वाणिज्य बैंकको ४.२६ र बैंक अफ काठमाडौं लिमिटेडको ४.२६ प्रतिशत छ ।

यस्तै यस अवधिमा माछापुच्छ्रे बैंकले ४.१९, एभरेष्ट बैंकले ४.१७, ग्लोबल आइएमई बैंकले ४.१४, कुमारी बैंकले ४.१३, सनराइज बैंकले ४.१३ र लक्ष्मी बैंकले ४.०९ प्रतिशत स्प्रेडदर कायम गरेका छन् । यस्तै यस अवधिसम्म मेगा, नबिल र एसबीआई बैंकको स्प्रेडदर पनि ४ प्रतिशतको हाराहारीमा छ ।
बाँकी १२ वाणिज्य बैंकहरुले भने स्प्रेडदर ४ प्रतिशत तलै कायम गरेका छन् । यसरी यस अवधिसम्म सबै वाणिज्य बैंकको औषत स्प्रेडदर ४.०१ प्रतिशत कायम भएको छ । सिटिजन्स इन्टरनेशनल बैंकले भने सबैभन्दा कम ३.५३ प्रतिशत स्प्रेडदर कायम गरेको छ ।

@Beemapost.com

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*