लघुवित्तहरुको लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन, यस्तो छ नयाँ व्यवस्था

१२ मंसिर २०७९, सोमबार १८:२५

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश बितरण सम्बन्धि ब्यबस्था राष्ट्र बैंकले परिमार्जन गरेको छ । आज लघुवित्तहरुको लागि एकिकृत निर्देशिका मार्फत राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धीव्यवस्था परिमार्जन गरेको हो ।

नयाँ ब्यबस्था अनुसार लघुवित्तहरुले अब वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनस वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यस अघि लघुवित्त वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने ब्यबस्था थियो। तर त्यसको लागि निम्न शर्त तोकिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*