राष्ट्र बैंकद्धारा ९ वाणिज्य बैंकलाई कारबाही, कुन–कुन बैंक परे ?

१३ मंसिर २०७९, मंगलवार १२:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंक सुपरिवेक्षण विभागले सूचना जारी गर्दै ९ वटा वाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक र मेगा बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासिक वित्तीय विवरणको आधारमा ९ वाणिज्य बैंक, बैंकका सिइअ‍ो तथा संचालकहरुलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकले प्रभु बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार रोक्का गरेको पाइएकोले सचेत गराएको हो ।

साथै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशनमा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दरको बृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्थाको पालना नभएको देखिएकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक र मेगा बैंकका सिइओहरुलाई कारबाही गरेको हो ।

साथै राष्ट्र बैंकको निर्देशन बमोजिम कुनै पनि कर्जा आधार दर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन भन्ने व्यवस्थाको पालना नभएको देखिएकाले राष्ट्र बैंकले सनराइज बैंक र मेगा बैंकका संचालक समितिलाई कारबाही गरेको छ ।

साथै सिइओ अवकाश हुँदा थप सुविधा उपलब्ध गराएकोले राष्ट्र बैंकले सनराइज बैंकको संचालक समितिलाई कारबाही गरेको छ । त्यस्तै, लगानी गरेका केही कर्जाहरु विगत ३।४ वर्षदेखि नियमित नभै कर्जा नविकरण हुन नसकेका र कर्जाहरुको कुनै पनि विवरण समेत अद्यावधिक नभएको अवस्थामा बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरी निरन्तर कर्जा भुक्तानी सीमा बढाएको तथा बैंकले एकीकृत निर्देशन बमोजिम केही कर्जाहरुको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गरेको नदेखिएकोले साथै बैंकले मेगा हाउस एण्ड मोर्टगेज लोन अन्तर्गत लोयल्टि फाइनान्स स्किम प्रोडक्ट मार्फत प्रवाह गरेको सम्पूर्ण कर्जा बक्यौता साँवा तथा ब्याजव असुल उपर गर्न उपभोग गरेको देखिएकोले मेगा बैंकको सिइअ‍ो र प्रमुख कर्जा अधिकृतलाई पहिलो पटकको लागि सचेत गराएको छ ।

 

8 commercial bank

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*