कोरोना बीमा दाबी वापतको रकम नेपाल पुनर्बीमाले थपेन, कम्पनीले नै व्यवस्था गर्यो, सरकारसँग भरपाई लिन्छौ : बीमक संघ

२५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने
१३ मंसिर २०७९, मंगलवार १३:३०

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानीको रकम बाड्न सुरु गरेको छ। तर नेपाल पृुनर्बीमा कम्पनीले भने रकम पठाएको छैन ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आजदेखि सार्वजनिक सूचना जारी गर्दै बीमितहरुलाई बीमा दाबी भुक्तानी वापतको रकम दिन सुरु गरेको हो ।

पहिलो चरणमा कम्पनीहरुले १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्नेछन् । तर, नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने १२ प्रतिशत अर्थात् २१ करोड २१ लाख रुपैयाँ नेपाल बीमक संघमा आइनसकेको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

त्यस्तै, बीमक संघका अर्का सदस्यले कोरोना बिमा मापदण्डअनुसार हामीले हाम्रो दायित्वको रकम भुक्तानी गरिसकेका छौँ । अब हाम्रो कुनै जिम्मेवारी छैन । तर, अहिलेको समस्या समाधान गर्न हामीले रकम थपेका छौँ। तर, यो रकम सरकारबाट भर्पाई लिन्छौँ । सरकारले सहजै नदिए कानुनी प्रक्रियामा जानेछौँ ।

नेपाली पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरेले राजीनामा दिएका दिईसकेका छन् ।कोरोना बीमा भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले २१ करोड २१ लाख रकम थप नगरेपछि अर्थमन्त्री जनार्दन शर्माले फोनमार्फत राजीनामाको माग गरेका थिए ।

उनका अनुसार नेपाल बीमा प्राधिकरणले रकम थप गर्न कम्पनीलाई पत्राचार गरेको थियो । तर, पब्लिकको सम्पत्तिमा सञ्चालकले आफूखुसी रकम वितरण गर्न नमिल्ने भन्दै रकम थप नगर्ने प्राधिकरणलाई सूचित गराएको छ ।
त्यसपछि प्राधिकरणले सात दिनभित्रमा भुक्तानी गर्न अर्को पत्र पठाएको थियो । सो पत्रपछि पनि कम्पनीले रकम थप नगरेपछि अर्थमन्त्री शर्मा तातिएका हुन् । तर, कोरोना बीमा दाबी भुक्तानीमा नेपाल पुनर्बिमा कम्पनीको कुनै पनि दायित्व नरहेको कम्पनीका एक अधिकारीले बताए ।

नेपाल बीमक संघका अनुसार कम्पनीहरुले १८ हजार ६० वटा पोलिसीको दाबी रकम भुक्तानी गर्नेछन् । यो भनेको व्यक्ति तथा परिवार नामको पोलिसी मात्रै हो । कम्पनीहरुमा परेको कुल दाबी पोलिसी संख्यामध्ये २५ हजार ८४ व्यक्ति तथा परिवारको पोलिसी रहेको संघको तथ्यांकमा छ । जसमध्ये हाल संकलन भएको रकमबाट ७२ प्रतिशत पोलिसीको मात्रै भुक्तानी गरिने संघको बताएको छ ।

संघका अनुसार निर्जीवन बीमा कम्पनीमध्ये पनि चार वटा कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई हस्तान्तरण गरेका छन् । जसमध्ये नेशनल, नेको, प्रिमियर, ओरियण्टल र प्रिमियर इन्स्योरेन्स हुन् ।संघका अनुसार यो पटक राष्ट्रिय बीमा कम्पनीले १ हजार ८६३ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ । जसका लागि संघले कम्पनीलाई १५ करोड ३६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सो रकममा कम्पनीले आफनो हिस्साको दुई करोड २७ लाख रुपैयाँ थप गर्नुपर्नेछ भने नेपाल पुनर्बीमा कम्पनीबाट रकम भुक्तानी भएपछि १ करोड १८ लाख रुपैयाँ थप हुनेछ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले १ हजार ५४२ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ । जसका लागि संघबाट कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, कम्पनीले पनि आफ्नो हिस्साको रकम थप गर्नुपर्नेछ भने १ करोड १८ लाख रुपैयाँ पाउने छ ।

नेको इन्स्योरेन्सले १ हजार ६६५, हिमालयन जनरल इन्स्योरेन्सले १ हजार २५९, अजोड इन्स्योरेन्ले १ हजार ३५५ वटा पोलिसीको भुक्तानीको गर्नेछ भने शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६१४ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ ।
तत्काल राष्ट्रसेवक, सरकारी कर्मचारी र संघ संस्थाबाट भएका बीमा दाबीको भने अहिले भुक्तानी हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*