राष्ट्र बैंकद्धारा मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो

१३ मंसिर २०७९, मंगलवार १६:०४

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभाश परिमार्जन भएको छ । कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

बैंकको गत कात्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ र ३.८३ प्रतिशतका दरले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकबाट ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँमात्रै स्वीकृत भई आएको हो ।

उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*