एनसीसी बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

१४ मंसिर २०७९, बुधबार १०:३१

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ७.६३३७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

साथै बैंकका अनुसार धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम शेयरधनीको बैंक खातामा नै रकमानन्तर गरिने हुँदा शेयरधनीको हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा मंसिर ६ गतेदेखि नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*