नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

१४ मंसिर २०७९, बुधबार ११:२४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै मंसिर १२ गते निवेदन पेश गरेको हो ।

बैंकले १००० रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।बोर्डबाट अनुमति पाएपश्चात् बैंकले १० वर्षे अवधि भएको ९.७५ प्रतिशत ब्याजदर पाइने ‘९.७५% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*