लाभांश घोषणाको तयारीमा रहेको महिला लघुवित्तको शेयरमूल्य ४ हजार रुपैयाँमाथि, कति देला बोनस ?

१४ मंसिर २०७९, बुधबार ११:३९

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४० रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २ प्रतिशत अर्थात् ८० रुपैयाँ ३० पैसाले बढेर शेयरमूल्य ४ हजार ९५ रुपैयाँ ३० पैसा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले भटाभट लाभांश घोषणा गरिरहेका छन् । महिला लघुवित्तले पनि गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने तयारीमा रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ६१.४३ प्रतिशतले बढाएको थियो । अघिल्लो आर्थिक वर्षमा ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दा महिला लघुवित्तले शेयरधनीहरुलाई उक्त आवमा ५० प्रतिशत बम्पर लाभांश वितरण गरेको थियो ।

कम्पनीले गत आवको अन्त्यसम्ममा १५ करोड ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन यो नाफा अघिल्लो आवको तुलनामा ६१ प्रतिशतले नै बढी हो । नाफाको आधारमा हेर्दा संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई राम्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
लघुवित्तको अब चाँडै संचालक समितिको बैठक बसेर गत आवको मुनाफाबाट शेयरधीहरलाई लाभांश प्रस्ताव गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*