नेपाल राष्ट्र बैंकले साढे १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

१४ मंसिर २०७९, बुधबार १४:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्ने भएको छ । बैंकले आज एक सुचना प्रकाशित गर्दै लगानी गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ लगानी गर्ने भएको छ । त्यसैगरी दोस्रोमा ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा बैंकले सबैभन्दा कम ७ करोड ६५ लाख लगानी गर्ने निर्णय गरेको छ ।

बैंकले जम्मा १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

Notice-for-investment-as-on-2079.09.01

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*