नेप्सेद्धारा आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

१४ मंसिर २०७९, बुधबार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको शेयर कारोबार फुकुवा गरिदिएको छ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तबीच असोज १५ गते मर्जरमा जाने सम्झौतागरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

आदर्श लघुवित्तको मंसिर ११ गतेको पत्रानुसार नेप्सेले संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आज (मंसिर १४) गतेदेखि फुकुवा गरिदिएको हो । सो पश्चात् अब संस्थाको शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*