बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने चाहेका छौंः गभर्नर अधिकारी

१५ मंसिर २०७९, बिहीबार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने राय व्यक्त गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो राय व्यक्त गरेका हुन् ।

कोभिडमा दिएको सेवा सुविधाको असर अहिले पर्दै गएको उनले बताए । कोभिड महामारीबाट अर्थतन्त्रमा राम्रो रिकोभरी भइराख्दा रुस–युक्रेन युद्धले विश्वभरी नै मुद्रास्फिती बढाएको छ । विकशित अर्थतन्त्रलाई ठूलो मूल्यवृद्धिमा चापमा परेको उनले सुनाए । नेपालमा मूल्यवृद्धि साढे ८ प्रतिशतमा रहेको उनले सुनाए । बाह्य क्षेत्रबाट प्रभावित २।३४ अर्ब डलर विदेशी मुद्रा गुमाएको उनले बताए ।

सरकारले केही उपायहरु अपनायो र राष्ट्र बैंकले केही नीतिगत निर्णय लिँदा अहिले शोधानान्तर अवस्था सकरात्मक हुनु पुगेको गभर्नर अधिकारीको भनाई छ । शोधानान्तर बचतमा १ खर्ब रुपैयाँ सुधार भएको छ ।

ब्याजदर वृद्धि र चालू पुँजी कर्जा मार्गदर्शनको विषयमा निजी क्षेत्रबाट विरोध भएको भएको बताउँदै उनले लामो छलफल गरेर चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएको उनले जिकिर गरे । ऋणीले लिएको कर्जाको सही ठाउँमा सदुपयोग होस भनेर मार्गदर्शन ल्याएको उनले स्पष्टपारे ।

चालु पुँजीमा लिएको ऋण दीर्घकालमा लगाउन नहुने तर्क गभर्नर अधिकारीको छ । बैंकरसँग व्यवहारिक समस्याको बारेमा सुझाव मागेको सुधार गर्न छलफलका लागि केन्द्रीय बैंक खुला भएको उनले स्पष्ट पारे । प्रणाली नियम र अनुशासनभित्र सबैले बस्नु पर्ने र उपाय गलत राज्न खोज्दा समस्या आउने उनको भनाई छ ।

‘ब्याजदर केन्द्रीय बैंकले तोक्नुपर्छ भन्ने हो त्यसमा पनि छलफल गरौं’ उनले भने ‘एक खालको दुष्चक्रमा छौं । रेमिट्यान्स खर्च उपयोगमा गछौं यसैगरी अर्थतन्त्र चल्छ रु’

उनले नेपालको सन्दर्भमा पनि सम्रग अर्थतन्त्र नब्रिगिएको बताए ।हामीमा चुनौतीहरु धेरै छ , तर अर्थतन्त्र सुधारान्मुख रहेको छ । केही न केही चुनौतीहरु छन् । चालु पुँजि कर्जाको बिषयमा चर्चा गर्दै उनले लामो अभ्यास पछि ल्याएको भन्दै आफनो धारणा बताए । उनले बैंकहरुले प्रोपलरी ढंगबाट लागु गनुपर्ने सुझाव दिए ।

उनले संसोधन गनुपर्ने पक्षहरु परिमार्जन गर्न राष्ट्र बैंक तयार रहेको उनले कार्यक्रममा बताए । यसको लागि बैंकहरुसँग छलफलको क्रममा छौ । उहाँहरुको राय पनि यसमा समेटेर लैजाने उनले आश्वासन दिए । संविधान त संसोधन हुन्छ, भने यो व्यवस्था सुधार हुन्छ हामी परिमार्जन गर्न तयार छौ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*