२६ मध्ये आधा बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति दिन सक्ला ?

१५ मंसिर २०७९, बिहीबार १८:५१

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेको छ भने बाँकी आधा कमर्सियल बैंकले अझै पनि लाभांश प्रस्ताव गर्नै बाँकी छ ।

हालसम्म एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव गरिसकेका छन् ।

त्यसमध्ये नबिल, एनआइसी एशिया, कृषि विकास बैंक, नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, लक्ष्मी बैंक र सनराइज बैंकले भने गत आवको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ ।

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशनअुनसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लाभांश घोषणा गरिसक्नुपर्नेछ । तर वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणामा ढिलाई गरिरहेको छ । आधा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् जसमा अधिकांश बैंकले बोनस भन्दा नगदमा बढी जोड दिएका छन् ।

विगतमा केहि बैंकले दिएको लाभांशलाई आधार मान्दा केहि बैंकहरुले क्षमता हुँदाहुँदै पनि शेयरधनीलाई कम मात्र लाभांश दिने गरेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वित्तीय विवरणमा कडाइ गरेसँगै बैंकहरुले प्रोभिजनमा रकम धेरै छु्ट्याएको कारण पनि बोनस शेयर भन्दा पनि धेरै नगद लाभांशमा बढी फोकस गरेको देखिएको हो ।

अझैपनि १३ वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले आफ्नो संचित मुनाफाबाट केही अंश वितरणयोग्य मुनाफामा छुट्याएका थिए । सोही रिर्पोट तथा वितरणयोग्य मुनाफाको आधारमा बीमापोष्टले तथ्याङ्क विश्लेषण गरी बाँकी रहेका कुन बैंकले कति लाभांश वितरण गर्न सक्छ भन्ने रिर्पोट तयार पारेको छ ।

एनआईसी एशिया बैंक

गत आवको मुनाफाबाट एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले उक्त लाभांश दिन सक्नेछ । गत आवको चौथो त्रैमसिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेका छ । यसका आधारमा बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई अधिकतम ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नबिल बैंक

नबिल बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई उच्च प्रतिफल वितरण गर्ने देखिएको छ । बैंकको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । बैंकको गत वर्षको चौंथो त्रैमासमा वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नेपाल बैंक

गत आवको मुनाफाबाट नेपाल बैंकले भने २४.७४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको गत आवको चौंथो वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, वितरण योग्य नाफा पनि १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी र वितरण योग्य नाफाका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

हिमालयन बैंक

हिमालयन बैंकले भने यस वर्षका लागि २०.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले सो लाभांश दिन सक्ने देखिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक

गत आवको मुनाफाबाट राष्ट्रिय वाणिज्य बैंकको भने २०.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी र वितरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । गत आव चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ र वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको लाभांश क्षमता १६.८२ प्रतिशत रहेको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी र विवरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ ।

एनएमबि बैंक

अब्बल मानिने एनएमबि बैंकले गत आवके मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्षको लागि बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

वित्तीय विवरण अनुसार गत आवमा बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले उक्त लाभांश वितरण गर्न सक्नेछ ।

माछापुछे बैंक

माछापुछे बैंकले १२.९५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा बैंकले यस वर्षका लागि सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासमा बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार र वितरण योग्य नाफा १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्राइम कर्मसियल बैक

प्राइम कर्मसियल बैकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १२.५८ प्रतिशत लाभांश दिन सक्ने छ । गत आवको चौंथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

सिभिल बैंक

यस वर्षका लागि सिभिल बैंक ११.०९ प्रतिशत लाभांश दिन सक्नेछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणका आधारमा बैंकले आफ्ना सेयरधनीलाई उक्त लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको वित्तीय रिर्पोट अनुसार बैंकको चुक्तापूँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ रहेको छ । सोहि आधारमा बैंकले शेयरधनीहरुलाई ११.०९ प्रतिशत लाभांश दिन सक्छ ।

लक्ष्मी बैंक

यस वर्ष लक्ष्मी बैंकले १०.८७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई सो लाभांश वितरण गर्न सक्नेछ । किनकी गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।

सनराइज बैंक

यता सनराइज बैंकले भने २.५३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको लाभांश दिने क्षमता वाणिज्य बैंकहरु मध्य कैं सबै भन्दा कम हो । बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र वितरण योग्य नाफा २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*