नेपाल इन्भेष्टमेन्ट बैंकको कहिले हुँदैछ बुकक्लोज ?

१६ मंसिर २०७९, शुक्रबार ११:००

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि यहि मंसिर २१ गते बुकक्लोजको मिति तोकेका छ । यसर्थ मंसिर २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश पारितका लागि बैंकले ३६औं वार्षिक साधारण सभा यहि पुष ७ गते आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*