मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१६ मंसिर २०७९, शुक्रबार ११:४३

काठमाडौं । मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज शुक्रबार मंसिर १६ गते बस्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो ३।३० बजेबाट सुरु हुनेछ । सभामा क्यापिटलले २४।५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ४ करोड ९० रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*