यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?

१६ मंसिर २०७९, शुक्रबार १६:११

काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी मार्केटमा सर्ट टर्म काराबार गर्दा हुने प्रतिफल ।

सेयर लगानीकर्ताका लागि पहिलो रोजाईको कम्पनीले प्रत्येक वर्ष दिने लाभांश । किनभने बढी लाभांस दिने कम्पनीमा लगानी गरेर ढुक्कले बस्ने हो भने बोनस सेयरमार्फत् आफ्नो स्वामित्व र सम्पत्ति पनि बढिरहन्छ । र, वर्षेनि नगद पनि आइरहन्छ । वास्तविक प्रतिफल पनि यही हो ।

दोस्रो बजारमा कारोबार गरेर कमाउनका लागि धेरै जोखिम लिनुपर्छ ।त्यसैले तपाईंहामी सबैले सेयर किन्नुभन्दा अघि त्यो कम्पनीको लाभांशको इतिहास र भावी संभावनाको अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।

कुनै पनि सूचिकृत कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दा हामी सबैको ध्यान नाफातिरै जान्छ । किनभने कम्पनीले जति धेरै नाफा कमायो तपाईंहामीले त्यति नै धेरै लाभांश पाउँछौं ।आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीहरुको चर्चा गर्न गइरहेका छौं ।

हाल दोस्रो बजारमा सूचीकृत चार दर्जन भन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गरेको छन् । कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दैछ ।यस आर्थिक बर्षमा सबैभन्दा धेरै युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । यो बर्ष लाभांश घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।

दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ ।संस्थाले सेयरधनीलाई ७६।८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३ प्रतिशत बोनस सेयर र ३।८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै, हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिन लागेको छ । यस्तो लाभांशमध्ये ६० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश हो ।

बोटलर्स नेपाल  ले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिँदैछ । बोटलर्सले नगद लाभांश दिन लागेको हो । रिडी पावरले ४२।१ प्रतिशत लाभांश दिने भएको छ । रिडीले ४० प्रतिशत बोनस सेयर र २।१ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीहरूले जारी गरेको विवरण अनुसार सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर र २१।३१ प्रतिशत नगद लाभांश गरी २६।३१ प्रतिशत लाभांश दिन लागेको छ । सानिमा इक्वीटी फण्डले २२ प्रतिशत नगद लाभांश दिँदैछ भने बैंक अफ काठमाडूले ६ प्रतिशत बोनस सेयर र १४।९५ प्रतिशत नगद लाभांश दिँदैछ ।

एभरेष्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश गरी २०।६८ प्रतिशत लाभांश दिन लागेको छ । फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगल लाभांश गरी २० प्रतिशत लाभांश दिदैछ । बोटलर्स नेपाल ९बालाजु० ले भने २० प्रतिशत नगद लाभांश दिँदैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*