बैंकहरुलाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न राष्ट्र बैंकको सुझाव

१६ मंसिर २०७९, शुक्रबार १६:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरुलवाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति कोड अफ कन्डक्ट तर्जुमा गरी लागू गर्न भनेको छ ।

राष्ट्र बैंकले ‘हाल संचालमा रहेका बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन १९ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति कोड अफ कन्डक्ट तर्जुमा गरी लागू गर्न भनेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*