शेयरबजारमा झिनो अंकको गिरावट, ८६ करोडमाथिको कारोबार

६ पुष २०७९, बुधबार १५:१५

काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । लगानीकर्ताहरुमा शेयरबजारप्रतिको उत्साह घट्दा कारोबार रकम प्रभावित बन्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*