शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ पुष २०७९, सोमबार ०५:२७

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालि मणिग्राम रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।











