ग्लोबल आइएमई र बिओकेको संयुक्त प्रभातफेरि

२४ पुष २०७९, आईतवार ११:५९

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका प्रमुख सहरहरुमा वाकथुन कार्यक्रम आयोजना गरेका हुन् ।

प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्यमुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।

दुवै बैंकको भोलि अर्थात पौस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार गर्दै छन् । चुक्ता पुँजीको आधारमा नेपालको सबैभन्दा ठुलो बैंक बनेछ ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा सहभागी कर्मचारीले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यकाबाहिर पनि मुख्य–मुख्य सहरमा यस्तै कार्यक्रम गरिएको बैंकले बताएको छ ।


नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बीओकेका तर्फबाट २ जना रहनेछन्। एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य रहनेछन्।

दुई बैंकको मर्जरपछि ३६५ शाखा, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख बढी ग्राहक पुग्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*