प्रभु बैंकसँग गाभिएपश्चात् सेन्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन

२६ पुष २०७९, मंगलवार ११:१७

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकिकृत कारोबार सुभारम्भ भएको छ ।

प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएकोमा साविक सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरेका ग्राहकहरुको खाता नम्बर १२ अंकको रहेकोमा उक्त खाता नम्बर परिवर्तन भई १६ अंकको कायम भएको प्रभु बैंकले जनाएको छ ।

उक्त परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैकिङ्ग लगइन गरी वा प्रभु बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरी एकीन गर्न सकिने प्रभु बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*