लाभांश घोषणा गरेको दिनमै दुई लघुवित्तको शेयर कारोबार रोक्का

२६ पुष २०७९, मंगलवार १३:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै नेप्सेले दुवै संस्थालाई के कति कारणले यस्तो त्रुटि हुन पुगेको हो कारण खुलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत अनुरोध गरेको छ ।

महिला लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने महुली लघुवित्तले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*