पुसको अन्तिममा साधारणसभाको चटारो यसपटक पनि: कुनको कहिले ?

२६ पुष २०७९, मंगलवार १३:४३

काठमाडौं । नेप्सेमा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारण सभा डोकेको छ । एकैपटक साधारणसभामा बोलाएसँगै लगानीकर्ताहरु अन्यौलमा परेको छ।
पुसमा एजीएम गरिसक्नुपर्ने चटारो दोस्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको रहेको छ। पुस महिनाको अन्तिम ५ दिनमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका र सूचीकृत नभएका गरी ११० कम्पनीले सभा आह्वान गरेको छ।

यसमा पुस ३० गते १८ कम्पनीले साधारणसभा बोलाएका छन् भने पुस २९ गते ४० वटा, पुस २८ गते २५ कम्पनी, २७ गते १८ कम्पनी र २६ गते ९ कम्पनीले साधाणसभा बोलाएका छन्।
एक्सचेञ्जमा कम्पनीले एकैदिन साधारणसभा आह्वान गर्दा एक त लगानीकर्ताले आफुले लगानी गरेको कम्पनीको सभामा भाग लिन नै नपाउने गुनासो गरे।

नेप्सेमा सूचीकृत कम्पनीहरुले जारी गरेको सूचना अनुसार २६ गते ४ कम्पनीको सभा छ भने २७ गते ७ कम्पनीको,२८ गते १० कम्पनीको, २९ गते १७ र ३० गते १३ कम्पनीको साधारणसभा तोकिएको छ। यसमा पनि धेरै कम्पनीको सभा एउटै समयमा छ।कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरूलाई पुस महिना भित्र नै साधारण सभा गर्नैपर्ने बाध्यता हुन्छ। यता सूचीकृत कम्पनीहरुलाई धितोपत्र बोर्डले समेत पुस मशान्तभित्र सभा सक्नुपर्ने व्यवस्था गरेको छ।

पुस मशान्तभित्र सभा नगर्ने कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यलयमा जरीवाना तिर्नुपर्ने हुन्छ।अर्कोतर्फ नेप्सेले गर्ने वर्गिकरणको समेत खराब वर्गमा पर्ने सम्भावना रहन्छ। यसले गर्दा धेरै कम्पनीहरुले मशान्त अघि नै सभा सम्पन्न गर्न चाहन्छन र धेरै कम्पनीको सभा एकैदिन पर्ने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*