नेप्सेद्धारा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

२६ पुष २०७९, मंगलवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नाउबाट एकीकृत कारोबार गर्ने भएकोले नेप्से समक्ष पुष २७ गतेदेखि नै लागू हुनेगरी शेयर कारोबार रोक्का राख्न पत्र पठाएको थियो ।

नेप्सेले सोही बमोजिम पुष २७ गतेदेखि नै लागू हुनेगरी नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*