आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२६ पुष २०७९, मंगलवार २०:१७

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ५ सय रुपैयाँ २८ पैसा कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय ३० रुपैयाँ ३० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । समायोजित मूल्यलाई आधार मानेर बिहीबार यसको कारोबार सूरु हुनेछ ।

यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर तिर्न ०।३२५ नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यस इन्सुरेन्सले माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*