लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२७ पुष २०७९, बुधबार ११:०८

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्षा २०७८र७९ को वार्षिक प्रतिवेदन पारित गरी आव २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

यससँगै सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयरसहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारण सभाले पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा आव २०७८र७९ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको यस बैंकको ८८ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*