हिमालयन बैंकमा मेसिनबाट रकम जम्मा गर्न सकिने, कुन–कुन शाखामा छ यो सुविधा ?

२७ पुष २०७९, बुधबार ११:४४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ‘क्यास रिसाइक्लर मेसिन’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता र थप सुविधाका लागि उक्त सेवा संचालनमा ल्याएको हो ।

बैंकले पहिलो चरणमा सातवटा शाखामा क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको हो । हाल केन्द्रीय कार्यालय कमलादी, ठमेल, महाराजगंज, न्युरोड, पाटन, भरतपुर र भैरहवा शाखामा उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

यो मेशिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झन्झटबिना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सकिने जनाएको छ । उक्त मेसिनबाट रकम जम्मा गर्दा विना एटिएम कार्ड नै सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने भएकोले खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । यो सुविधाले बैंकका ग्राहकलाई बैकिङ्ग कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने बैंकले विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*