लगानीकर्तालाई उचित प्रतिफल दिन्छौ, ‘टप थ्री’ भित्र आउने छौः अध्यक्ष पृथ्वीबहादुर पाँडे

२७ पुष २०७९, बुधबार १४:१५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ‘टप थ्री’ बैंक भित्र आउने योजना रहेको बताएका छन्।नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् ।

आफूहरु कोर क्यापिटलमा नम्बर १ (रु. ५८ अर्ब), चुक्तापुँजीमा नम्बर २, रिजर्भमा नम्बर २, टोटल इक्विटीमा नम्बर १, लोनमा नम्बर १, डिपोजिटमा नम्बर २, टोटल एसेस्टमा नम्बर २, नाफामा नम्बर ३, कुल शाखा सञ्जालमा नम्बर २, उपत्यकाभित्र नम्बर २, एटीएममा नम्बर ३, कर्मचारी संख्यामा नम्बर ३, एक्सटेन्स काउन्टमा नम्बर ३ र ग्राहकका आधारमा नम्बर १ बैंक रहेको पाँडेले बताए।

‘मर्जरपछि बैंकको कर्पोरेट गभर्नेन्स अझै राम्रो हुने पाँडेले भने, ‘स्टाफ स्मार्ट हुनेछन्।’बजार पुँजीकरणमा आफूहरु दोस्रो नम्बरमा रहेको पाँडेले बताए। ‘हाम्रो ७.८ हिस्सा छ’, उनले भने।सेयरधनीहरुले कम्तीमा १५ प्रतिशतभन्दा बढी प्रतिफल पाउनुपर्न पनि पाँडेले बताए।

अध्यक्ष पाँडेले अब बैंकले ठूलो प्रोजेक्टमा लगानी गर्नुपर्ने धारणा राखे। ‘बैंकले नयाँ काम गर्नुपर्छ’, उनले भने, ‘राष्ट्रियस्तरका प्रोजेक्टमा लगानी गर्नुपर्छ।’

धेरै फिनटेक कम्पनी आएकाले बैंकलाई ठूलो चुनौती रहेको पनि पाँडेले सुनाए। ‘बैंक ठूलो भएपछि प्रविधिमा प्रतिस्पर्धा गर्न सकिन्छ’, उनले भने, ‘अहिले मोबाइलमै सबै बैंकिङ फिचर हुने समय आएको छ। शाखाहरु धेरै चाहिँदैन। शाखाहरुको नाफा घट्दै गएको छ।’

अध्यक्ष पाँडेले देशमा मुद्रास्फीति १० प्रतिशत माथि रहेको बताए। ‘यस्तो अवस्थामा बैंकले १० प्रतिशत मात्र कमाएर हुन्न नि’, उनले भने, ‘त्यसैले बैंकले धेरै कमाए भन्ने कुरा गलत हो।’

मर्चेन्ट बैंकिङ सेवामा आफूहरु मर्जपछि नम्बर १ मर्चेन्ट बैंक हुने पाँडेले बताए। एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलको मर्जपछि नम्बर १ मर्चेन्ट बैंक हुने उनले दाबी गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*