पाँच वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

२७ पुष २०७९, बुधबार १४:५१

काठमाडौं । पाँच वाणिज्य बैंकसहित १० कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २८ गते) बस्दैछ । सिद्धार्थ बैंकको २१औं, प्राइम कमर्सियल बैंकको १५औं, सिभिल बैंकको १२औं, हिमालयन बैंकको ३०औं, लक्ष्मी बैंकको २२औं, सोल्टी होटलको ४८औं, नेपाल दुरसंचार कम्पनीको १५औं, राधी विद्युत कम्पनीको, इमर्जिङ नेपालको सातौं, अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सातौं सभा भोलि बस्ने भएको हो ।

१० मध्ये सातवटा कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् भने बाँकी तीन कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेका छैनन् ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडको सभा भोलि २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
साधारण सभामा संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव रहेका छन् ।

बैंकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर जारी गर्ने र कम्पनीको नियामावलीमा संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

साथै उक्त साधारण सभाको प्रयोजनका लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य पौष १३ गते गरेको थियो । यसर्थ शेयरधनी पुस्तीका बन्द भएको अघिल्लो दिन मिति पौष १२ सम्म कायम रहेका शेयरधनीहरु वार्षिक साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडको सभा भोलि कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे सभा बस्दैछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

सिभिल बैंक
सिभिल बैंकको सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्दैछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सो सभाले बोनस शेयर जारी पश्चात बैंकको पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । यसका अलावा हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अनय सम्बन्द्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको संचालक समितिले स्वीकृत गरे बमोजिम सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि यहि पुष १९ गते बुकक्लोजको गरिसकेको छ । यसर्थ पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको सभा भोलि होटेल सोल्टी, सोल्टीमोड, काठमाडौंमा बस्दैछ । सभाले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.११ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै तीसौ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिका प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ. व. २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको आ. व. २०७८।७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने जस्ता विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाबाट बैंकले सिभिल बैंक प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडकै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्नेछ । बैंकले पुष १८ बुकक्लोज गरिसकेको छ । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडको २२औं सभा भोलि (पुष २८) गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुष १५ गते एक दिनका लागि बुकक्जोको गरेको थियो । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यस वर्ष बैंकका शेयधरनीहरुको हात खाली हुनेछ ।

सोल्टी होटल
सोल्टी होटल लिमिटेडको सभा भोलि पुष २८ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।
कम्पनीको सभाले आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले लाभांश प्रयोजनार्थ पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको मिति ताकेको थियो । यसर्थ पुष ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल दुरसंचार कम्पनी
नेपाल टेलिकमको सभा पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान १० बजे बस्नेछ । सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।

साथै कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति सभाले प्रदान गर्नेछ । कम्पनीले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनी लिमिटेडको सभा भोलि कम्पनीको रजिष्टार्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ४.७४ प्रतिशत बोनस शेयर र चुक्ता पुँजीको ० दशमलव ७५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १ गते बुकक्लोज गरेको थियो । यसथै मंसिर ३० गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

इमर्जिङ नेपाल
इमर्जिङ नेपाल लिमिटेडको सभा भोलि बानेश्वर ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सातौं सभा भोलि लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*