छिमेक लघुवित्तको बाह्य लेखापरीक्षण कार्यमा ढिलाई, चैतमा मात्रै सभा गर्ने निर्णय

२७ पुष २०७९, बुधबार १७:५०

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने जानकारी गराएको छ । लघुवित्तले नेप्सेमार्फत जानकारी गराउँदै यो महिनाभित्र सभा गर्न नसकिने जनाएको हो ।

लघुवित्तको गत आव २०७८।७९ को बाह्य लेखापरीक्षण सम्पन्न हुने प्रक्रियामा रहेको र नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा पुष मसान्तभित्र सभा गर्न नसकिने जनाएको हो ।

साथै सो आवको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरी स्वीकृत भएपश्चात् लघुवित्तले आगामी चैतभित्र मात्रै सभा गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यदि केही कारणले सभा गर्न नसक्ने अवस्था भए जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*