प्राइम कमर्सियल बैंकको सिईओ मानन्धरको कति छ तलब ?

२७ पुष २०७९, बुधबार १८:१३

काठमाडौं ।  प्राइम कमर्सियल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणदास मानन्धरले २ करोड १० लाख १५ हजार रुपैयाँ पारिश्रमिक लिएका छन् । कमपनीको बार्षिक साधारणसभाले सिईओको बार्षिक तलब भत्ता पारित गरेको हो ।

सिाईओ मान्नधनरले बार्षिक तलब बापत १ करोड ८० हजार रुपैयाँ, भत्ताबापत् ८५ लाख ८७ हजार रुपैयाँ, दशै भत्ताबापत् १४ लाख रुपैयाँ र सञ्चय कोषबापत् १० लाह ८७ हजार गरी कुल २ करोड १० लाख १५ हजार रुपैयाँ पारिश्रमिक बुझेका हुन ।बैंकले सञ्चालकलाई ३० लाख ३० हजार रुपैयाँ बैठक भत्तास्वरुप र १६ लाख ९६ हजार ३ सय २ रुपैयाँ टेलिफोन, मोबाइल पत्रपत्रिका तथा अन्य खर्च स्वरुप प्रदान गरेको छ ।

त्यस्तै प्रमुख कार्यकारी बाहेक अन्य पदाधिकारीलाई तलब बापत् ६६ लाख ८५ हजार ८ सय रुपैयाँ, भत्ताबापत् ५४ लाख ३२ हजार ४ सय ८७ रुपैयाँ, दशै भत्ता बापत् ९ लाख ७ हजार १ सय ५० रुपैयाँ प्रदान गरेको छ ।

यसबाहेक बैंकका उच्च पदस्थ कर्मचारीलाई ड्राइभरसहितको गाडी सुविधा प्रदान गर्नुका साथै त्यसमा लाग्ने इन्धन खर्च समेत बैंकले व्यहोर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*