महुली लघुवित्तको २५ प्रतिशत लाभांश शेयरधनीले तत्कालै नपाउने

२७ पुष २०७९, बुधबार १८:१३

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत मसान्तसम्ममा वार्षिक साधारण सभा गर्ने जनाएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरण तथा वित्तीय लेखापरीक्षण सम्पन्न भई नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति सहमतिको लागि पेश गर्ने प्रक्रियामा रहेको कारण संस्थाले पुष मसान्तभित्र सभा गर्न नसकिने जानकारी गराएको हो हो । साथै संस्थाले साभा आगामी चैत मसान्तसम्ममा गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्नेछ । तर केही कारणबस गर्न नसक्ने भएमा कारण खुलाई जानकारी गराउनुपर्ने केन्द्रीय बैंकको प्रावधानमा रहेको छ ।

सो अनुसार अब लघुवित्तका शेयरधनीहरुले संस्थाले प्रस्ताव गरेको लाभांश समेत तत्कालै नपाउने भएका छन् । लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । राष्ट्र बैंकमा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण पेन्डिङमा रहेको छ । यसआधारमा पनि महुली लघुवित्तको वित्तीय विवरण तत्कालै स्वीकृत नहुने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*