माघ महिनामा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

२७ पुष २०७९, बुधबार १९:३३

नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले  ब्याजदर घटाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघले जनाएको हो । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल केसी सर्वसम्मत संघको अध्यक्ष चयन भएका हुन् ।

बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई १०.३ प्रतिशतले घटाउने सहमति बनेको हो।

वाणिज्य बैंकहरुले माघमा व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम हुने भएको छ।

बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिने ब्याजदरमा २ प्रतिशतको अन्तर कायम गर्दै आएका छन्। यही व्यवस्थाअनुसार संस्थागत निक्षेपको ब्याज अधिकतम ९ प्रतिशत कायम भएको हो।

मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*