एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन अवधि लम्बियो, कहिले सम्म दिन पाउन्छ आवेदन ?

२८ पुष २०७९, बिहीबार ०९:४७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ७ प्रतिशत ब्याजदर पाइने १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ मा अब माघ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनपर्नेछ। निष्काशन बन्द छिटोमा पुस २९ गते हुनेछ भने ढिलोमा माघ ९ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*