स्वरोजगार लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२८ पुष २०७९, बिहीबार १०:१४

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*