लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तले तत्कालै साधारण सभा नगर्ने

२८ पुष २०७९, बिहीबार ११:५०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष महिनाभित्र साधारण सभा नगर्ने जानकारी गराएको छ । लघुवित्तले नेप्सेमार्फत जानकारी गराउँदै तत्कालै सभा नगर्ने जनाएको हो ।

लघुवित्तको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षणको कार्य चलिरहेको तथा अन्य विविध कारणले गर्दा पुष महिनाभित्र सभा गर्न नसक्ने जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देर्शिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यदि कारणबस सभा गर्न नसक्ने अवस्था आएमा ६ महिनाभित्रै कारण खुलाई जानकारी गराउनुपर्नेछ ।

लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई बम्पर लाभांश बाँडेको जीवन विका लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्नै बाँकी छ । लाभांश प्रस्ताव गरेपछि शेयरधनीहरुले सो संस्थाको लाभांश तत्कालै नपाउने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*