दुई लघुवित्तको लाभांश शेयरधनीहरुले तत्कालै नपाउने

२८ पुष २०७९, बिहीबार १२:३९

काठमाडौं । दुई लघुवित्तको लाभांश शेयरधनीहरुले तत्कालै नपाउने भएका छन् । स्वरोजगार लघुवित्त र एनएमबि लघुवित्तको लाभांश शेयरधनीहरुले तत्कालै नपाउने भएको हो ।

यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८।६९ को लेखापरीक्षणको कार्य सकाएर वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिको लागि पेश गर्ने प्रक्रियामा रहेको हुँदा पुष महिनाभित्र साधारण सभा गर्न नसक्ने जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यदि साधारण गर्न नसक्ने अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले कारण खुलाई जानकारी गराउनुपर्नेछ ।

एनएमबि लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल २०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

दुवै संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्ने प्रक्रियामा रहेको छ । यसर्थ नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएमा दु्वै संस्थाले आगामी चैत मसान्तसम्ममा सभा गर्ने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*