लक्ष्मी बैंकको वार्षिक साधारणसभा सम्पन्न

२८ पुष २०७९, बिहीबार १४:०१

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/ ८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुयाएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*