सिभिल बैंक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२८ पुष २०७९, बिहीबार १५:०२

काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रचिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । साथै सभाले आ.व. २०७९।८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सो सभाले बोनस शेयर जारी पश्चात बैंकको पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । यसका अलावा हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अनय सम्बन्द्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको संचालक समितिले स्वीकृत गरे बमोजिम सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*