हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने

२८ पुष २०७९, बिहीबार १७:१२

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ ।

कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । हिमाल दोलखाको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । सोही पुँजीमा ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीको हकप्रद सेयरमाका लागि लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । बोर्डबाट स्वीकृति पाएपश्चात् कम्पनीले एक करोड २० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*