राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२८ पुष २०७९, बिहीबार १७:२३

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १७औं सभा आज बैंकका अध्यक्ष बलराम पाठकको प्रमुख अध्यक्षतामा दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा सम्पन्न भएको हो ।

सो सभाले संचालक समितिको प्रस्ताव गरेबमोजिम ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश पारित गरेको छ । साथै सो सभाले गत आर्थिक वर्षको वार्षिक प्रवितेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरण्माथि छलफल गरी पारित गरेको छ ।

यसका अलावा नेपाल सरकारबाट बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम एक अर्ब रुपैयाँ बैंकको जारी पुँजी र चुक्तापुँजीमा थप गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । साथै सो सभाले स्वतन्त्र संचालकको नियुक्तिको सम्बन्धमा सभामा जानकारी प्रदान समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*