सञ्चालक रायाद्वारा सम्माननीय का.मु. प्रधानन्यायाधीश समक्ष शपथ

२८ पुष २०७९, बिहीबार १८:१४

अर्थ मन्त्रालयका सचिव तोयम रायाले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष नेपाल राष्ट्र बैंकसञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको हो ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी,नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*