अरुण भ्याली हाइड्रोपावरको लाभांश स्वीकृत, बोनस र नगद कति ?

२८ पुष २०७९, बिहीबार २१:११

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो ।

कम्पनीले गत आव २०७८/७९ को नाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद लाभांश गरी कुल ८.४१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*