सिन्धु विकास बैंकका संचालकहरुको कार्यकाल थप

२९ पुष २०७९, शुक्रबार ११:०७

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका संचालकहरको कार्यकाल थप गरिएको छ । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनी तर्फका संचालकहरुको कार्यकाल थप गरिएको हो ।

सो संचालकहरुको पुष २७ गतेदेखि समाप्त हुने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संस्थापक तर्फका संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मको लागि थप गर्ने निर्णय गरिएको हो ।

बैंकले राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ, दिनेश कुमार केसी, सन्जीव प्रधान र बसन्त कुमार कटुवालको कार्यकाल थप गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*