नबिल बैंकको साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित

२९ पुष २०७९, शुक्रबार ११:४०

काठमाडौं । नबिल बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको ३८औं सभा आज बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलेको अध्यक्षतामा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश पारित गरेको छ ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*