माछापुच्छ्रे बैंकको २४औं साधारण सभा सम्पन्न, मर्जरसम्बन्धि प्रस्ताव पारित

२९ पुष २०७९, शुक्रबार १२:५१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४औं सभा आज बैंकका अध्यक्ष डा. उपेन्द्र महतोको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका अलावा गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरेको छ ।

साथै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु निर्वाचन गर्ने सभाको एजेण्डालाई समेत सोही सभाले अनुमोदन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*