सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

२९ पुष २०७९, शुक्रबार १४:१४

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २१औं साधारण सभा कम्पनीका अध्यक्ष रतन लाल केडियाको प्रमुख अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सबै प्रस्तावहरु पारित गर्नेछ । साथै मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो को नामबाट निर्जिवन बीमा ब्यवसाय गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, गत आार्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सले पुष १८ गते एकदिन बुक्लोज गरेको थियो । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*