प्रिमियर इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२९ पुष २०७९, शुक्रबार १४:०८

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९औं सभा आज कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको अध्यक्षतामा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गरेकोछ ।

साथै सभाले प्रिमियर इन्स्योरेन्स कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । साथै मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो को नामबाट निर्जिवन बीमा ब्यवसाय गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले् साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*