धितोपत्र बजार पुँजीकरण २७ खर्ब नाघ्यो, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६७ प्रतिशत, अन्यको हिस्सा कति?

२९ पुष २०७९, शुक्रबार १३:२४

काठमाडौं।  चालु आर्थिक बर्षको  मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । २०७९ मंसिरमसान्तमा धितोपत्र बजार पुँजी करण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ ।चालु आर्थिक बर्षको मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड रहेको थियो । गत आर्थिक बर्षको तुलनामा धितोबजार पुँजिकरण १९।८४ प्रतिचतले घटेको छ।  २०७९ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६२ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २२४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.२प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ मंसिरमसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु. ६८३ अर्ब ७६ करोड रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड, बराबरको डिबेन्चर, रु.११ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु.९ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ५९ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.९२ अर्ब करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.७ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*