बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप एक खर्बमाथि, कर्जा प्रवाह कति ?

२९ पुष २०७९, शुक्रबार १३:४९

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप मंसिर महिनासम्म १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७८ अर्ब ४४ करोड (१.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको हो ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूकोकुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो ।

त्यस्तै, २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.२ प्रतिशत रहेको छ । २०७८ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३९.० प्रतिशत रहेको थियो ।

त्यस्तै, यता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपसँगै कर्जा विस्तारमा पनि बृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको डाटाअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत ले बढेको छ । सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले ७३ अर्ब ३० करोड रुपैयाँ कर्जा परिचालन गरेका छन् ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.४ प्रतिशतले, विकास बैंकहरुको ३.८ प्रतिशतले र वित्त कम्पनीहरुको०.५ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*